१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

माछा मार्दा मार्दै कनकाई नदीमा वेपत्ता भएका श्रेष्ठ मृत फेला



बिर्तामोड- माछा मार्ने क्रममा कनकाई नदीमा बेपत्ता भएका स्थानीय सविन श्रेष्ठको शव शनिवार दिउँसो फेला परेको छ । कनकाई पुल भन्दा करिव ५०० मिटर दक्षिणका श्रेष्ठको शव भेटिएको हो ।

झापाको कनकाई ४ त्रिवेणी टोल निवासी २४ वर्षीय श्रेष्ठ बिहीवार दिउँसोदेखि वेपत्ता भएका थिए । माछा मार्ने क्रममा उनी हराएपछि प्रहरीसहितको टोलीले खोजी सुरु गरेको थियो। दुई दिनपछि उनको शव फेला परेको हो ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार ००:००  ३ : २३ बजे