बिर्तामोड-झापाको बिर्तामोडस्थित भाटभटेनी सुपर मार्केटमा उपभोक्ताको चाप थपिँदै गएको छ । उद्घाटनका दिन एउटा अभूतपूर्व उत्सवको रुपमा भाटभटेनीमा उपभोक्ताको भीड लागेको थियो ।
भाटभटेनीमा उद्घाटन पछिका दिनमा पनि उपभोक्ताको चाप थेगिनसक्नुको छ । २६ औँ सुपरमार्केटका रुपमा बिर्तामोडमा असोज ४ देखि भाटभटेनी सञ्चालनमा आएको थियो ।
उपभोक्ताको आकर्षण बढ्दै जाँदा भाटभटेनी व्यवस्थापनले छुट सुविधा कायम राखेको जनाएको छ । भाटभटेनीमा ग्रोसरी, रेडिमेड गार्मेन्ट, फुटवेयर एवम् किचनवेयर लगायतका सामानमा १० प्रतिशत र इलेक्ट्रोनिक्सका सामानमा २० प्रतिशत छुट सुविधा उपलब्ध छ ।
१५ कट्ठा क्षेत्रफलमा करिब २ लाख ५० हजार सपिङ्ग स्पेससहित सञ्चालनमा आएको भाटभटेनीमा दुई अर्व रुपैयाँ भन्दा बढीको लगानी छ ।
कोसी प्रदेशको चौथो स्टोरका रुपमा बिर्तामोडमा भाटभटेनी खुलेको हो । यसअघि धरान, विराटनगर र इटहरीमा स्टोर सञ्चालनमा छ ।