१० चैत्र २०८१, सोमबार | Tue Mar 25 2025

स्वास्थ्य शिविर र रक्तदान गरी बिर्ता आयुर्वेदले मनायो वार्षिकोत्सव



झापा-बिर्ता आयुर्वेद एण्ड फिजियोथेरापी सेन्टरले बिहीवार स्वास्थ्य शिविर र रक्तदान गरी छैटौँ वार्षिकोत्सव मनाएको छ । आजदेखि बिर्ता आयुर्वेद सातौँ वर्षमा प्रवेश गरेको हो ।

स्वास्थ्य शिविरमा हाडजोर्नी तथा नशा रोग, प्यारालाइसिस थाइराइड, सुगर लगायतका विरामीको चेकजाँच गरिएको फिजियोथेरापिस्ट डाक्टर भगवान साहले बताए ।

सञ्चालक कमल रिजालका अनुसार ४० जनाले स्वास्थ्य परीक्षण गराएका छन् । उनीहरुलाई प्रयोगशाला जाँचमा १० प्रतिशत र औषधिमा पाँच प्रतिशत छुट दिइएको छ । फिजियोथेरापीमा विरामीले १५ प्रतिशत छुट पाएका छन् ।

डाक्टर बिनय प्रधान र डा. भगवान साहको टोलीले स्वास्थ्य परीक्षण गरेको हो । शिविरसँगै आयोजित रक्तदानमा १५ पिन्ट रगत संकलन भएको बिर्ता आयुर्वेदी सञ्चालक नर्वदा भट्टराईले बताइन् ।

नेपाल रेडक्रस सोसाइटी बिर्तामोडको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहिबार ००:००  ४ : ३१ बजे