१४ मंसिर २०८०, बिहिबार | Fri Dec 1 2023

इलाम चुलाचुलीका दुई युवा ब्राउन सुगरसहित काँकडभिट्टाबाट पक्राउ



बिर्तामोड-इलामको चुलाचुलीका दुई युवक ब्राउनसुगरसहित झापाको काँकडभिट्टा नाकाबाट पक्राउ परेका छन् । बिहीवार साँझ सीमा नाकामा खटिएको लागूऔषध नियन्त्रण व्यूरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा इला चुलाचुली-५ का भूपाल तामाङ र सिजन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले उनीहरुका साथमा सातग्राम ब्राउनसुगर फेला परेको बताए ।

मोटरसाइकलको ह्याण्डिलको वायाँतर्फको प्वालमा प्लाष्टिकभित्र ब्राउनसुगर भेटिएको हो । प्रहरीले उनीहरुले प्रयोग गरेको को १४ प ४७६१ नम्वरको मोटरसाइकल पनि बरामद गरेको छ । भारतको पानीट्याङकीबाट नेपाल आउँदै गर्दा उनीहरु समातिएका हुन् ।

पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा राखेर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डीएसपी रिजालले बताए ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार ००:००  ८ : ४८ बजे