१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

जग्गा विवादमा गोली हानाहान हुँदा चार जनाको मृत्यु



एजेन्सी–पाकिस्तानको दक्षिण पश्चिमी बलुचिस्तान प्रान्तमा बुधबारराति दुई समूहबीच गोली हानाहान हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना प्रान्तीय राजधानी क्वेटामा भएको थियो । दुई समूहका सदस्यहरू बीचको मौखिक झगडा उग्र बन्दै जाँदा उनीहरूले एकअर्का माथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

जग्गा विवादमा झडप भएका दुवै समूह शहरका प्रभावशाली परिवारका सदस्यहरु रहेको बुझिएको छ । गोली हानाहानमा कैयौँ व्यक्ति घाइते भएका थिए ।

घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ । थप अनुसन्धानका लागि प्रहरीले उक्त क्षेत्रलाई घेराबन्दी गरेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार ००:००  ८ : ४७ बजे