१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

साहित्य चौतारीको नाममा सांस्कृतिक प्रतिष्ठान नेपाल थप्ने निर्णय



बिर्तामोड– साहित्य चौतारी झापाले आफ्नो नाममा हेरफेर गर्ने निर्णय गरेको छ । संस्थापक संरक्षक समेत रहेका साहित्य चौतारीका अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

अब साहित्य चौतारीको नाम साहित्य चौतारी सांस्कृतिक प्रतिष्ठान नेपाल रहने अध्यक्ष श्रेष्ठले बताउनुभयो । अहिलेको नामका पछाडि सांस्कृतिक प्रतिष्ठा नेपाल थप्ने निर्णयसँगै संस्थाको विधान संशोधनका विषयमा समेत प्रक्रिया अगाडि बढेको छ ।

२०५६ सालमा स्थापना भएको साहित्य चौतारीले साहित्य संगीत र कलाको संगमका रूपमा आफ्नो परिचय स्थापित गरेको छ । नयाँ र पुराना प्रतिभाको एउटा महत्त्वपूर्ण साहित्यिक प्लेटफर्मका रूपमा साहित्य लेखन अभिभावकीय भूमिका निर्वाह गर्दै आएको छ ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार ००:००  ८ : ११ बजे