झापा– मनाङ एयरको हेलिकप्टर दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ र सोलुदुधकुन्ड नगरपालिका २ को सिमाना लाम्जुरापास क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको कोशी प्रदेश प्रहरी कार्यालयका डीआइजी राजेश बास्तोलाले बताए ।
हेलिकप्टरमा सवार एक जना भने बेपत्ता छन् । मृतकको पहिचान अहिलेसम्म खुल्न सकेको छैन् । दुर्घटना भएको मनाङ एयरको हेलिकप्टर सोमवार लुक्ला हेलिपोर्टमै बसेको थियो ।
विदेशी नागरिकलाई माउन्टेन फ्लाइट गराउन बिहान ७.२० मा लुक्ला विमानस्थलबाट उडेको हेलिकप्टर ९.४५ बजे सुर्के विमानस्थलमा अवतरण गराइएको थियो ।
सुर्केमा फ्युल भरेको हेलिकप्टर १० बजेर ४५ मिनेटमा काठमाडौँका लागि उडेको थियो । हेलिकप्टर उडेको ८ मिनेटपछि टावरबाट सम्पर्कविहीन भएको इलाका प्रहरी कार्यालय नाम्चेका प्रहरी निरीक्षक सम्भु बस्नेतले बताए ।
घटनास्थलमा नेपाल प्रहरीका असई निराजन बस्नेतको टोली पुगेर बेपत्ताको खोजी कार्य गरिरहेको डीआईजी वास्तोलाले बताए ।