१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

ट्रकको ठक्करबाट झापाको गौरादहमा महिलाको मृत्यु



बिर्तामोड-झापाको गौरादहमा ट्रकको ठक्करबाट बुधवार बिहान एकजना महिलाको मृत्यु भएको छ । ना ४ ख ३२३८ नम्वरको ट्रकको ठक्करबाट गौरादह–३ की पानावती कर्मकारको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको हो ।

पैदलयात्री गौरादह–२ की देवीमाया भट्टराई ठक्कर दिएर भागेको उक्त ट्रकले कर्मकारलाई पनि ठक्कर दिएको प्रहरी सहायक निरीषक यामकुमार खँडकाले बताए ।

घाइते भएकी कर्मकारलाई उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएको थियो । उपचार सुरु गर्न नपाई उनको मृत्यु भएको हो ।

घटनापछि प्रहरीले ट्रक चालक मोरङ कानेपोखरी–५ बस्ने सुरेन्द्र राजवंशीलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार ००:००  ९ : ५९ बजे