१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

शब्दपत्र डटकमका सम्पादक पुरी पुरस्कृत



बिर्तामोड- शब्दपत्र डटकमका सम्पादक उद्धव पुरी सम्मानित भएका छन् । पुरीलाई बिर्तामोडस्थित पतालगंगा बचत तथा ऋण सहकारी संस्थाले शुक्रवार सम्मान गरेको हो ।

१५ औं वार्षिक साधारण सभाको अवसरमा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले पत्रकार पुरीलाई दोसल्ला ओढाएर सम्मानपत्रसहित पुरस्कृत गरेका हुन् ।

सहकारी संस्थाका अध्यक्ष युवराज गिरीले पत्रकार पुरीलाई नगद प्रदान गरेका छन् । सहकारी क्षेत्रको विकासमा पुरीले उल्लेखनीय योगदान गरेकाले वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरिएको अध्यक्ष गिरीले बताए ।

जेष्ठ सदस्य करणध्वज लिम्बू, बीरवहादुर गुरुङ, उद्यमी हेमप्रसाद उप्रेती, ममता राजवंशी, बचतकर्ता चन्द्रवहादुर कटुवाल, रामवाबु सहनीलाई नगदसहित सम्मान गरिएको छ । उत्कृष्ट कर्मचारीका रुपमा साकोसकी कर्मचारी कुमारी घोर्साई दासलाई नगदसहित सम्मान गरिएको छ ।

कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख प्रशसकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, जिल्ला बचत संघ झापाका वरिष्ठ उपाध्यक्ष उपेन्द्रप्रसाद ओली, बिर्तामोड साना सहकारी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मेघराज वास्तोला लगायतले शुभकामना मन्तव्य राखेका छन् ।

सहकारीका उपाध्यक्ष टंकप्रसाद भेट्वालले स्वागत गरेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी लीला अनमोलले गरेकी छन् ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार ००:००  ४ : ४० बजे