१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

नेपालबाट सात अर्ब ७० करोड रुपैयाँको अलैँची निर्यात



झापा-नेपालबाट गत आर्थिक वर्ष २०७९–८० मा सात अर्ब ७० करोड रुपैयाँ भन्दा धेरैको अलैँची निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको साउनदेखि असारसम्मको अवधिमा उक्त मूल्य बराबरको अलैँची निर्यात भएको हो ।

यस अवधिमा नेपालबाट ९३ लाख ८६ हजार किलोग्राम अलैँची निर्यात भएको छ । अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा नेपालबाट जम्मा ४ अर्ब ८१ करोड ३४ लाख रुपैयाँको अलैँची निर्यात भएको थियो । उक्त अवधिमा नेपालबाट ५३ लाख ६७ हजार किलोग्राम अलैँची निर्यात भएको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा २ अर्ब ८९ करोडले अलैँचीको निर्यात बढेको हो । नेपालबाट विश्वका चार वटा देशमा अलैँची निर्यात हुने गरेको छ । जसमध्ये सबैभन्दा धेरै भारतमा ७ अर्ब ६८ करोडको अलैँची निर्यात भएको छ ।

यस्तै, पाकिस्तानमा १ करोड ९० लाख रुपैयाँको अलैँची निर्यात भएको छ भने इटालीमा १० लाख र जर्मनीमा ६ लाखको अलैँची निर्यात भएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार ००:००  ८ : ५६ बजे