काठमाडौँ–नेपाल प्रहरीका असइ लक्ष्मण चौधरीकी श्रीमती शर्मिला चौधरी गोली लागेर घाइते भएकी छन् । बुधबार बेलुका महाराजगन्जस्थित निवासमै उनलाई गोली लागेको हो ।
पेस्तोल खेलाउने क्रममा उनलाई गोली लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । घटनाको बेला असई चौधरी घरबाहिर थिए ।
कोखामा गोली लागेकी शर्मिलाको महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घटनाको अनुसन्धान भइरहेको काठमाडौंका प्रहरी प्रमुख एसएसपी भूपेन्द्र खत्रीले बताए ।
असई चौधरी पूर्वप्रहरी महानिरीक्षक धुव्रबहादुर प्रधानको अंगरक्षकका रूपमा कार्यरत छन् ।