झापा– बिर्तामोड उद्योग वाणिज्य संघको ‘व्यवसायी सदस्य राहत कोष’मा व्यवसायी धनेन्द्रकुमार पाण्डेले तेस्रो पटक २१ हजार रुपैयाँ सहयोग गरेका छन् । यससँगै उनको कुल योगदान ६३ हजार रुपैयाँ पुगेको छ ।
व्यवसायीहरूलाई विपद्, दुर्घटना, स्वास्थ्य समस्या लगायतका आकस्मिक अवस्थामा राहत उपलब्ध गराउने उद्देश्यले संघले एक करोड रुपैयाँको कोष स्थापना अभियान सञ्चालन गरिरहेको छ ।
अध्यक्ष राजु न्यौपाने नेतृत्वको कार्यसमितिले अभियानलाई अघि बढाइरहेको छ भने वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे संयोजक रहेको समितिले सहयोग संकलन गरिरहेको छ ।
हालसम्म कोषमा करिब ३० लाख रुपैयाँ संकलन भइसकेको संघले जनाएको छ। जन्मदिन, वैवाहिक वर्षगाँठ र स्मृति दिवसजस्ता अवसरमा कोषमा सहयोग गर्ने व्यवसायीहरूको संख्या पनि बढ्दै गएको छ ।

















