१७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026

नारी सञ्चार गृहका नयाँ सदस्यलाई पत्रकारिता अभिमुखीकरण



बिर्तामोड– नारी सञ्चार गृह झापाले नयाँ सदस्यका लागि पत्रकारिता अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । नेपाल पत्रकार महासंघ झापा शाखाको कार्यालयमा शनिबार नयाँ सदस्यलाई स्वागत गर्दै सञ्चार गृहले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले पत्रकारिताका आधारभूत विषयमा सहजीकरण गर्दै सत्य, तथ्य र निष्पक्ष ढंगले समाचार सम्प्रेषण गर्न पत्रकार संवेदनशील र गम्भीर हुनुपर्ने बताए । उनले पत्रकार आचारसंहिताको पालनामा विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

नारी सञ्चार गृहकी संस्थापक अध्यक्ष सावित्रा दाहाल र निवर्तमान अध्यक्ष रेजिना रोदनले पत्रकारिताका विभिन्न पक्षबारे सहजीकरण गरेका थिए ।

नारी सञ्चार गृहकी अध्यक्ष स्वस्तिका आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठले सहभागीलाई स्वागत गरेकी थिइन् ।

सचिव दीपा सापकोटाले सञ्चालन गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने र विनिषा शर्मा तथा सचिव प्रदीप परियारको आतिथ्य रहेको थियो ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार ००:००  ३ : ०२ बजे