१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

भर्खरै : झापाको सतासीधाममा दुर्घटना हुँदा एक जनाको मृत्यु



बिर्तामोड– झापाको शिवसताक्षी १० स्थित पूर्व पश्चिम राजमार्गमा भएको बिहीवार साँझ भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । तर, मृतकको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १–०१–०१६ प ४३९० नम्बरको मोटरसाइकलले सोही दिशातर्फ हिँड्दै गरेको पैदल यात्रीलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा एक युवक घाइते भएकोर निजलाई उपचारका लागि बिर्तासिटी अस्पताल भर्ना गरिएकोमा उपचारका क्रममा केहीबेरअघि मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव अस्पतालमा छ ।

घटनामा मोटरसाइकल चालक झापा कमल गाउँपालिका १ का सागर तामाङ समान्य घाइते भएका छन् । उनलाई इलाका प्रहरी कार्यालय झिलझिलेको हिरासतमा राखिएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार ००:००  ८ : २५ बजे