बिर्तामोड-झापामा डेंगुको संक्रमणबाट एक जना औषधि व्यवसायीसहित तीन जनाको मृत्यु भएको छ । बिर्तामोडमा दुई जना र दमकमा एक जना गरी तीन जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको हो ।
डेंगु संक्रमणबाट मृत्यु हुनेमा झापाको बिर्तामोड–५ की मदिना खातुन, बिचन्द्र लावती र दमकस्थित पञ्चमुखी फर्माका सञ्चालक ऋषिराज पराजुली रहेका छन् । साउन लागे तया उनीहरुले ज्यान गुमाएका हुन् ।
स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाराकोटीले डेंगु संक्रमणबाट मानवीय क्षतिका घटना बढ्दै गएको जनाउँदै थप सावधानी अपनाउनु पर्ने बताए । उनका अनुसार झापामा संक्रमतिको संख्या सात सय नाघिसकेको छ ।