१४ मंसिर २०८०, बिहिबार | Fri Dec 1 2023

बाह्रदशीकाे सिमल चोकमा दुर्घटना हुँदा एक जनाको मृत्यु



बिर्तामोड– झापाको बाह्रदशी गाउँपालिका ६ सिमल चोकमा आइतबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको हाे ।

पक्की सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे११प ६२२६ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउदै गरेको  प १–०१–०१४प ७६४८ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए । घटनामा चालक कृष्ण थापाको मृत्यु भएको छ ।

आइतबार साँझ करिब ६ बजे भएको सो दुर्घटनामा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका थापाको उपचारका क्रममा वीएण्डसी हस्पिटल विर्तामोडमा मृत्यु भएको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार ००:००  ११ : ०९ बजे