९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

नेपालले चाहेको बेला बिजुली किन्न सक्ने सम्झौता



झापा-नेपालले चाहेको बेला भारतबाट बिजुली किन्न सक्ने भएकाे छ ‌‌‌। नेपाल भारत बीचको विद्युत् आदानप्रदान समितिको बैठकमा यस्तो सहमति भएको हो ।

बैठकले नेपालले चाहेको बेला बिजुली किन्न सक्ने गरी नयाँ दररेट तय गरेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न बैठकले नेपालले चाहेको बेलामा विद्युत् लिने गरी सहमति गरेको हो । नयाँ तय गरिएको दर भारततर्फ निर्यात गर्दा पनि लागू हुने कार्यकारी निर्देशक घिसिङले बताए ‌।

बैठकमा नेपालले बिहार राज्यको प्रसारण ग्रीडमार्फत अन्य राज्यमा विद्युत् निर्यातका लागि माेडालिटी तय गर्ने सहमति भएकाे छ ‌।

प्राधिकरणले वर्षायामको विद्युत् चालु आर्थिक वर्षमा भारतीय बजारमा बिक्री गरी ८ अर्ब ४४ करोड रुपैयाँ आर्जन गरेको छ ‌‌।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार ००:००  ९ : ०३ बजे