१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

पूर्वराजा मंसिर ९ गते बिर्तामोड आउँदै



बिर्तामोड-पूर्वराजा ज्ञानेन्द्र शाह झापा आउने भएका छन् । झापाको बिर्तामोडमा मंसिर ९ गते आयोजना गरिएको कार्यक्रममा सहभागिताका लागि पूर्वराजा आउने तय भएको हो ।

राप्रपा निकट स्रोतका अनुसार पूर्व राजाको झापा आगमनलाई भव्य बनाउने तयारी भएको छ । पूर्वराजाले बिर्तामोडस्थित इकम कलेजमा राखिएको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिक अनावरण गर्ने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहिबार ००:००  ८ : २७ बजे