१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

गोली हानेर प्रधानाध्यापकको हत्या



झापा– बाराको कलैयामा अज्ञात समूहले चलाएको गोली लागी घाइते भएका बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकारको उपचारको क्रममा मृत्यु भएको छ ।

सोमबार दिउँसो कलैयास्थित एक खाजा पसलबाट खाजा लिएर स्कुल फर्किरहेका उनलाई दुई वटा मोटरसाइकलमा आएका चार जना अज्ञात व्यक्तिले चार राउण्ड गोली हानेका थिए । उनको छाती र घाँटीमा गोली लागेको थियो ।

गोली लागेर घाइते भएका उनलाई कलैया प्रादेशिक अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि वीरगञ्जस्थित बयोधा अस्पतालमा लगिएका स्वर्णकारको उपचारको क्रममा मृत्यु भएको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार ००:००  ३ : १७ बजे