झापा-सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले एकलाख युवालाई संस्थामा संगठित गर्ने घोषणा गरेको छ । संस्थाका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले शनिवार बिर्तामोडमा आयोजित माइन्यूट प्रमाणीकरण भेलामा यस्तो घोषणा गरेका हुन् ।
सहाराको सदस्य बन्न पाउनु इज्यत, प्रतिष्ठा र गौरवको विषय भएको जनाउँदै युवा पुस्तालाई संस्थामा संगठित गर्ने नीति लिइएको कार्यकारी निर्देशक गिरीले बताए । एक हजार अर्थात १० कित्ता शेयर खरिद गरेर युवाले सदस्य बन्न पाउने छन् ।
युवा सदस्यलाई युथ एकाडेमी र ३० वटा क्लवमार्फत संगठित गरिने कार्यकारी निर्देशक गिरीले बताए ।