१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

एमाले अध्यक्ष ओली ताप्लेजुङको ओलाङचुङगोला जाँदै



झापा-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज ताप्लेजुङको ओलाङचुङगोला जाने भएका छन् । पार्टी कार्यालय भवन उद्घाटनका लागि अध्यक्ष ओली त्यसतर्फ जान लागेको ताप्लेजुङ एमालेले जनाएको छ ।

कार्यवाहक अध्यक्ष सन्तोष खतिवडाका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र रक्षामन्त्री हरि उप्रेती पनि अध्यक्ष ओलीसँगै सहभागी हुनेछन् ।

अध्यक्ष ओलीले निर्माणाधीन तमोर करिडोरको सडकको निरीक्षण गर्ने कार्यतालिका समेत छ । निरीक्षणपछि अध्यक्ष ओली चीनसँगको सीमा क्षेत्र ओलाङचुङगोला पुग्नेछन् ।

तमोर करिडोर मार्फत ओलाङचुङगोला जोडिएपछि आवतजावतमा सजिलो भएको छ । फुङ्लिङबाट ६५ किलोमिटर टाढा रहेको ओलाङचुङगोलामा साना सवारी नियमित सञ्चालन हुँदै आएका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहिबार ००:००  ८ : ५१ बजे