१७ मंसिर २०८०, आइतबार | Mon Dec 4 2023

दशैँ सकिए लगत्तै भारती रिले अनसनमा



झापा-भारती मानन्धरले दशैँ सकिएसँगै पुनः रिले अनसन शुरु गरेकी छन् । भारतीले सोमवारबाट पुनः माइतीघर मण्डलामा रिले अनसन शुरु गरेकी हुन् ।

श्रीमानको हत्या गरेको आरोपमा थुनामा रहेका गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा आममाफी दिएपछि उनी प्रतिवादमा उत्रिएकी छन् ।

श्रीमान चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई गत असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि परिवारले बिरोध गर्दै आएका छन् ।

२०७२ सालको असारमा दुई समूहबीच आपसी विवाद हुँदा नेपालगञ्जका चेतन मानन्धरको हत्या भएको थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार ००:००  ८ : ०९ बजे