१७ मंसिर २०८०, आइतबार | Mon Dec 4 2023

हात्तीको बंगारासहित अर्जुनधाराबाट दुई व्यक्ति पक्राउ



बिर्तामोड-प्रहरीले हात्तीको बंगारासहित झापाको अर्जुनधाराबाट दुई जनालाई पक्राउ गरेको छ । गएराति साढे आठबजे उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो ।

पक्राउ पर्नेमा झापाको अर्जुनधारा ७ जरुवा टोलका तिखबहादुर विश्वकर्मा र साँवा लिम्वू छन् । विश्वकर्माको घरबाट प्रहरीले हात्तीको बंगारा बरामद गरेको हो । विश्वकर्माले लिम्वूको घरबाट ल्याएको बयान दिएपछि उनी पनि समातिएका हुन् ।

सुराकीको आधारमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई समातेको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । उनीहरुलाई कानुनी कार्वाहीका लागि जिल्ला वन डिभिजन कार्यालयको जिम्मा लगाइएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार ००:००  ८ : ०० बजे