झापा-आफैंले चलाएको गाडीले ठक्कर दिएपछि डोटीको दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजी सिंह खड्का पक्राउ परेका छन् ।
खड्का आफैंले चलाएको से १ ज ३१७ नम्बरको गाडीले पैदल यात्री कैलालीको चुरे गाउँपालिकाका ५५ वर्षीय पदम सुनारलाई ठक्कर दिएको थियो ।
इलाका प्रहरी कार्यालय मालाखेतीले घाइतेको अवस्था सामान्य रहेको र उनको कैलाली अतरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको जनाएको छ ।