१७ मंसिर २०८०, आइतबार | Mon Dec 4 2023

घरायसी विवादमा चिर्पटले हानेर श्रीमतीको हत्या



झापा-खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा मुढे लालीका ४० वर्षीय दावा शेर्पाले चिर्पटले हानेर श्रीमतीको हत्या गरेका छन् ।

बिहीबार बेलुकी ५ बजेतिर दावाले ३६ वर्षीया श्रीमती लाक्पा दिकु शेर्पालाई चिर्पटले हानेका थिए । घरायसी विवादका बीच झगडा हुँदा चिर्पटले हानेर शेर्पाले श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।

दावालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताए । स्थानीय बासिन्दाका अनुसार दुबै जनाले मादक पदार्थ सेवन गरेका थिए ।

श्रीमानसँग झगडा भएपछि भागेकी दिकु घरदेखि करिब दुई सय मिटर टाढा गोरेटो बाटोमा मृत फेला परेकी हुन् । प्रहरी निरीक्षक बेनु कार्कीले शव परीक्षणका लागि गएराति नै जिल्ला अस्पतालमा लगिएको बताए । शेर्पा दम्पतिका दुई छोरी छन्।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार ००:००  ८ : ०९ बजे