बिर्तामोड-सामाजिक व्यक्तित्व शारदा रिजालले नारी सञ्चार गृहलाई पाँच हजार पाँचसय ५५ रुपैयाँ सहयोग गरेकी छन् । नारी सञ्चार प्रोत्साहन अक्षय कोषमा रिजालले सहयोग गरेकी हुन् ।
नारी सञ्चार गृहले २०७५ सालमा महिला पत्रकारको क्षमता अभिबृद्धि र संस्थाको दीगोपनाको उद्देश्य राखेर कोष स्थापना गरेको थियो । ५० लाखको अक्षय कोष बनाउने योजना छ ।
कोषमा हाल ३६ लाख रुपैयाँ संकलन भएको अक्षयकोष बृद्धि तथा परिचालन समितिका संयोजक जोस्ना श्रेष्ठले बताइन् ।