१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

पत्रकार परियारलाई कुटपिट गर्ने वाणिज्य सङ्घका अध्यक्षको धम्कीपछि प्रेस चौतारी आक्रोशित



बिर्तामोड-बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रकाश सिवाकोटी फेरि विवादको घेरामा तानिएका छन् । इजलास दैनिकका सम्पादक प्रदीप परियारलाई केटाहरू लगाएर कुटपिट गर्ने धम्कीपछि उनी विवादको घेरामा तानिएका हुन् ।

यसअघि विभिन्न समयमा पटक-पटक विवादास्पद अभिव्यक्ति दिएका कारण उनको आलोचना हुँदै आएको छ ।

प्रेस चौतारी झापाले आफ्नो संगठनका उपाध्यक्ष प्रदीप परियारको मानमर्दन हुने गरी सार्वजनिक ठाउँमा अभिव्यक्ति दिएको भन्दै संघका अध्यक्ष सिवाकोटीको कडा आलोचना गरेको छ ।

प्रेस चौतारीले बुधबार विज्ञप्ति निकालेर अध्यक्ष शिवाकोटीले दिएको अभिव्यक्तिको निन्दा गरेको हो । बिर्तामोडको एउटा सहकारी संस्थाको साधारण सभामा अध्यक्ष शिवाकोटीले पत्रकार परियारविरुद्ध अपमानजनक टिप्पणी गरेका थिए ‌।

इजलास दैनिकका सम्पादक परियारलाई केटाहरू लगाएर कुटपिट गर्ने धम्की अध्यक्ष शिवाकोटीले दिएको प्रेस चौतारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार ००:००  ८ : ४८ बजे