१७ मंसिर २०८०, आइतबार | Mon Dec 4 2023

आदर्श स्कूल अफ म्यानेजमेन्टमा दशैँ विशेष कार्यक्रम



बिर्तामोड-झापाको बिर्तामोडस्थित आदर्श स्कूल अफ म्यानेजमेन्टले कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै दशैँ विशेष कार्यक्रम आयोजना गरेको छ । विद्यार्थी माझ सधैँ पृथक र रचनात्मक कार्यक्रम गर्दै आएको आदर्श स्कूलले स्वागतसहित दशैँ विशेष कार्यक्रम मनाएको हो ।

आदर्श स्कूलले कार्यक्रममा होटल म्यानेजमेन्ट तथा हस्पिटालिटी क्षेत्रमा पूर्वी नेपालका अग्रज शिक्षक निरज श्रेष्ठलाई सम्मान पनि गरेको छ । श्रेष्ठलाई दोसल्ला, मेडल र सम्मानपत्रसहित सम्मान गरिएको हो । सम्मानित श्रेष्ठ होटल व्यवस्थापन संकायमा झापाका अग्रणी शिक्षक मानिन्छन् ।

दशैँ विशेष कार्यक्रममा विभिन्न विधामा अग्रता हासिल गरेका विद्यार्थीलाई सम्मान गरिएको छ । स्कूलका संस्थापक तथा डाइरेक्टर सञ्जोग खरेलको अध्यक्षतामा भएको कार्यक्रममा स्कूलकी एकाडेमिक कोर्डिनेटर विजया भण्डारीले स्वागत गरेकी थिइन् ।

कार्यक्रम मा निदि क्यापसका प्रमुख रञ्जित साह, युवा होटेल व्यवसायी सौरभ प्रसाईं तथा स्कूलका शिक्षकहरुको आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा विद्यार्थीले विभिन्न नाचगान, नाट्क जस्ता प्रस्तुति राखेको स्कूलका आउटरिच कोर्डिनेटर दीपक दासले जानकारी दिए ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार ००:००  ८ : ५९ बजे