काँकडभिट्टा– झापाको काँकडभिट्टा नाकाबाट तीन थान एयर गन (बन्दुक) सहित चारजना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा भारत पश्चिम बङ्गालकाे दार्जिलिङ जिल्ला बस्ने २० वर्षीय ओम साह, सोही ठाउँका २५ वर्षीय सिद्धार्थ मगर, २० वर्षीय मोहम्मद सुलतान हुसेन र २० वर्षीय बिट्टुु सरकार छन् ।