भद्रपुर– जिल्ला कारागार झापाका कैदीबन्दीलाई पुस्तक तथा खेलकुद सामग्री हस्तान्तरण गरिएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघले ती सामग्री हस्तान्तरण गरेको हो ।
संघको १८ औँ स्थापना दिवसको अवसरमा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका पदाधिकारीले झापा कारागार पुगेर एक लाख ५२ हजार बराबरका सामग्री हस्तान्तरण गरेका हुन् ।
कैदीबन्दीलाई पुस्तक, स्टेसनरी र खेल सामग्री प्रदान गरिएको महासंघ झापाका अध्यक्ष बिनोद सापकोटाले बताए ।
ती सामग्री बन्दी विकास पुस्तकालयका अध्यक्ष मनोज लावती, उपाध्यक्ष भरत सार्की, सचिव रमेश पोख्रेल र अविरमण्डु माझीले ग्रहण गरेका छन् ।
व्यवसायीले विभिन्न विधाका पुस्तक प्रदान गरेको नेपाल पुस्तक तथा स्टेसनर व्यवसायी महासंघ झापाका उपाध्यक्ष खगेन्द्र गौतमले बताए ।