१७ मंसिर २०८०, आइतबार | Mon Dec 4 2023

धराप थापेर चितवनमा मारिए दुई गैँडा



चितवन– चितवन राष्ट्रिय निकुञ्जमा तस्करले धराप थापेर दुईवटा गैँडा मारेका छन् । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत सतरचुली पोष्टबाट तीन किलोमिटर टाढा खाल्डोमा पारेर गैँडा मारिएका हुन् ।

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले अन्दाजी छ वर्ष र १८ वर्षका पोथी गैँडा खाल्डोमा मरेको अवस्थामा भेटिएको पुष्टि गरेका छन् । उनका अनुसार दुवै गैँडा खागविहीन अवस्थामा मृत भेटिएका छन् ।

यसवर्ष निकुञ्जमा चोरी–सिकारीबाट पहिलोपटक गैँडा मरेका हुन् । प्राकृतिक कारणले पाँचवटा गैँडा मरेका छन् । गतवर्ष तस्करले अमलटारी क्षेत्रमा दुईवटा गैँडा मारेका थिए ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार ००:००  ८ : २१ बजे