६ माघ २०८२, सोमबार | Mon Jan 19 2026

एमाले सुन तस्करलाई जोगाउने प्रयासमा लागेको महामन्त्री शर्माको आरोप



अर्जुनधारा– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उच्चस्तरीय छानबिन समिति बनाएर सुन तस्करीमा संलग्न आफ्ना मान्छेहरूलाई जोगाउने पक्षमा एमाले रहेको आरोप लगाएका छन् ।

झापाको अर्जुनधारा नगरपालिकामा सोमवार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री शर्माले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमाथि अविश्वास गर्नुपर्ने कुनै कारण नरहेको बताए ।

नेकपा एमाले आवेगको राजनीतिबाट मुक्त हुनुपर्ने बताउँदै कांग्रेस महामन्त्री शर्माले संसद अवरुद्ध गरेर जनताको मुख थुन्ने प्रयत्न नगर्न आग्रह गरे । संसदबाट सरकार डराउनुपर्ने भएपनि अहिले प्रतिपक्षी दल नेकपा एमाले डराइरहेको महामन्त्री शर्माको तर्क छ ‌।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार ००:००  ७ : ५६ बजे