२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

बसको ठक्करबाट मोटरसाइकल चालक गरामनीका खरेलको मृत्यु



बिर्तामोड-झापाको कनकाई नगरपालिका-३ स्थित सुरुङ्गा पुलमा बुधबारराति भएको मोटरसाइकल दुर्घटनामा बिर्तामोडका एक युवकले ज्यान गुमाएका छन् ।

बसको ठक्करबाट मोटरसाइकल चालक झापा गरामनीका ३८ वर्षीय तेजमणि खरेलको मृत्यु भएको हो । बिर्तामोडबाट झिलझिलेतर्फ जाँदै गरेको रा १ प ६३०० नम्बरको मोटरसाइकललाई बसले ठक्कर दिएको थियो ।

प्रहरीले मोटरसाइकललाई ठक्कर दिएको अभियोगमा प्रदेश १- ०१-००१ ख ४२६८ नम्बरको बसलाई नियन्त्रणमा लिएको छ । घटनामा मोटरसाइकलकाे पछाडि सवार मेचीनगर-१० का प्रसन्न दनुवार गम्भीर घाइते भएका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार ००:००  ६ : ५८ बजे