१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023

बिर्तामाेडमा बहाल कर संकलनलाई प्रभावकारी बनाउन टाेल विकास संस्था परिचालनको नीति



बिर्तामाेड– बिर्तामोड नगरपालिकाले बहाल करको दायरालाई थप व्यवस्थित र फराकिलो बनाउने भएको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बिर्तामोड नगरपालिकाले वहाल कर संकलनलाई व्यवस्थित र प्रभावकारी बनाउने जनाएको हो ।

आवासीय प्रयोजनमा रहेका घरबाट अपेक्षाकृत रुपमा बहाल कर संकलन नभइरहेका बेला नगरपालिकाले कर संकलनकाे दायरालाई थप फराकिलो बनाउने घोषणा गरेको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले बहाल कर संकलनलाई प्रभावकारी बनाउन टोलविकास संस्था परिचालनको नीति अगाडि सारिएको बताउनुभयो ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार ००:००  ८ : ३६ बजे