१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा पाइलटको मृत्यु



झापा-सोलुखुम्बुको लबुचेमा २७ असोजमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा घाइते भएका पाइलट प्रकाशकुमार सेढाईको मृत्यु भएको छ । रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर दुर्घटना हुँदा सेढाई घाइते भएका थिए ।

हेलिकप्टरमा उनी मात्रै सवार थिए । दुर्घटनामा घाइते भएका पाइलट सेढाईलाई काठमाडौँ हुँदै थप उचारका लागि भारत लगिएको थियो । उपचार गराइरहेका सेढाईको भारतको नेसनल बर्न सेन्टर मुम्बईमा हिजो निधन भएको हो ।

नेसनल बर्न सेन्टर, मुम्बईमा उपचाररत उनको मंगलबार निधन भएको मनाङ एयरले विज्ञप्तिमार्फत् जनाएको हो ।

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार ००:००  ९ : १० बजे