५ आश्विन २०८०, शुक्रबार | Fri Sep 22 2023

फोनिज झापाको अक्षय कोषमा गायिका मेलिना राईले दिइन् ५० हजार



बिर्तामोड-गायिका मेलिना राईले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज झापाको अक्षय कोषका लागि ५० हजार सहयोग गरेकी छन् । फोनिजको २४ औँ स्थापना दिवसको अवसर पारेर गायिका राईले उक्त रकम आफ्ना प्रतिनिधिमार्फत हस्तान्तरण गरेकी हुन् ।

फोनिज झापाले मंगलवार बिर्तामोडमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा अक्षय कोषका संयोजक एवमु पूर्व अध्यक्ष गणेशमान मुखियालाई गायिका राईको तर्फबाट सञ्चारकर्मी सजन राईले चेक हस्तान्तरण गरेका छन् ।

फोनिज झापाले अग्रज पत्रकार स्व. डिकमान सुनुवार विरहीको स्मृतिमा स्थापना गरेको अक्षय कोषमा गायिका राईले उक्त रकम सहयोग गरेको फोनिज झापाकी अध्यक्ष भूमिका सुब्बाले बताइन् ।

अक्षय कोषबाट प्राप्त हुने ब्याजसहितको रकमले प्रत्येक वर्ष झापाली पत्रकारितामा योगदान गर्ने एक जना पत्रकारलाई डिकमान सुनुवार विरही स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिँदै आएको छ ।

फोनिजले अब उक्त पुरस्कार प्रत्येक दुई बर्षमा बितरण गर्ने निणर्य गरेको अध्यक्ष लिम्वूले जानकारी दिइन् । फोनिजले उक्त पुरस्कारको राशि समेत वृद्धि गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार ००:००  ११ : ०५ बजे