१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

नक्कली भनिएका चारजना डाक्टर धरौटीमा रिहा



झापा-नक्कली शैक्षिक योग्यताको प्रमाण पत्रका आधारमा एमबिबिएस अध्ययन गरेको अभियोगमा पक्राउ परेका चारजना डाक्टर धरौटीमा रिहा भएका छन् ।

काठमाडौँ जिल्ला अदालतले जनही ६० हजार रुपैयाँ धरौटी तिरेर रिहा गर्न आदेश दिएको हो । अदालतको आदेशपछि धरौटी रकम बुझाएर उनीहरु रिहा भएका छन् ।

रिहा हुने डाक्टरमा पुनम थापा, श्रद्धा शिल्पकार, रन्जित यादव र एरिना साह छन् । उनीहरूलाई २५ साउनमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार ००:००  ८ : १६ बजे