१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

बस दुर्घटनामा चालकसहित तीन जनाको मृत्यु



सप्तरी–उदयपुरमा शनिवार दिउँसो भएको बस दुर्घटनामा चालकसहित तीन जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका–५ देउरीको अन्नपूर्ण स्कुलको बस उदयपुर गढीमा दुर्घटना भएको हो ।

दुर्घटनामा बस चालक ४० वर्षीय भिखन चौधरीको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा सात वर्षे सन्ध्या चौधरी र छ वर्षे विकास चौधरीले पनि ज्यान गुमाएका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बनभोजबाट फर्कने क्रममा बस दुर्घटना भएको हो । बसमा सवार अरु ३९ जना घाइते भएका छन् । प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले गम्भीर घाइते पाँच जनालाई विराटनगर पठाइएको बताए ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार ००:००  ९ : ५६ बजे