११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

झापाको राजगढ बजारका राजवंशीको घरबाट २२ तोला सुन चोरी !



बिर्तामोड– झापाको बाह्रदशी-३ राजगढ बजारको एउटा घरबाट २२ तोला सुन र ८५ तोला चाँदी चोरी भएको छ । पुस २९ गते राति स्थानीय मनिष राजवंशीको घरबाट उक्त धनमाल चोरी भएको हो ।

श्रीमतीलाई माइत पठाएर राजवंशी सातौं भाक्का दिवस मनाउन बिर्तामोड आएका थिए । भक्का दिवस मनाएर ससुराली घरमा बसेका राजवंशीको घरमा राति नै चोरी भएको हो ।

वडा नम्बर ३ का पूर्व अध्यक्ष वीरेन्द्र राजवंशी राजगढ आसपासका क्षेत्रमा चोरी बढेको बताउँछन् । उनले स्थानीय प्रशासनले प्रभावकारी सुरक्षा दिन नसकेको गुनासो गरे ।

बजार क्षेत्रमा यति ठूलो चोरी हुनुले सुरक्षा संवेदनशीलतामा प्रश्न उठेको पूर्व वडाध्यक्ष राजवंशीले बताए ‌। पीडित राजवंशीका अनुसार घरको कम्पाउन्ड वाल लागेर चोर प्रवेश गरेको देखिएको छ ।

गेटको ढोका नाघेर छिरेका चोरले घरको मूल ढोकासहित भित्रका दुईवटा ढोका फोरेका छन् । घरभित्र चोरले लगाएको टोपी फेला परेको छ भने रड, पेचकस र केही फलामे सामग्रीहरु भेटिएका छन् ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार ००:००  ९ : २८ बजे