१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

ललिता निवास प्रकरण : थप तीन आरोपी पक्राउ



झापा– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ललिता निवास जग्गा प्रकरणमा मुछिएका थप तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा तत्कालीन वडा सचिव शिवजी भण्डारी, नापी सर्वेक्षक गमनकुमार कार्की र मोही बाबुराम महर्जन छन् ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सार्ने अनियमितता प्रकरणमा संलग्न भएको आरोपमा उनीहरुलाई प्रहरीले समातेको हो ।

सरकारी कागजात किर्ते मुद्दामा उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि प्रहरीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीर शाहसहित पाँच जनालाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार ००:००  ६ : ५० बजे