१५ आश्विन २०८०, सोमबार | Tue Oct 3 2023

प्रदेश सांसद पाठकको फोक्सोमा समस्या



बिर्तामोड-नेकपा एमाले कोसी प्रदेश सभाका सचिव चिन्तन पाठक बिरामी परेका छन् । उनको फोक्सोमा समस्या देखिएको हो । पाठक आफैँले सामाजिक सञ्जाल फेसबुकमा लेखेर आफू बिरामी परेको जनाएका हुन् ।

उपचारका लागि भारतको सिलगुडी गएको र चिकित्सकले एक साताको औषधि दिएको एमाले नेता पाठकले लेखेका छन् । दुई दिनसम्म स्वास्थ्यमा सुधार नआए अस्पताल भर्ना हुन चिकित्सकको सुझाव छ ।

कोसी प्रदेश सभाका सदस्य समेत रहेका पाठक अहिले घरैमा आराम गरिरहेका छन् ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार ००:००  ८ : ४१ बजे