१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

सभामुखमा बिष्ट निर्वाचित भएपछि नेता लोहनीको आपत्ति



झापा-राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय निर्देशन समितिले कोशी प्रदेश सभामा सभामुख निर्वाचित आफ्नै पार्टीका उम्मेदवारमाथि प्रश्न उठाएको छ ।

समितिका अध्यक्ष प्रकाश चन्द्र लोहनीले कार्यसम्पादन समितिमा छलफल नगरी पार्टीका तर्फबाट सभामुखका लागि उम्मेदवार उठाइएको भन्दै आपत्ति प्रकट गरेका हुन् ।

कोशी प्रदेश सभाको सभामुख लिने विषयमा पार्टीमा कुनै निर्णय नभएको र नेताहरुलाई जानकारी नदिइएको अध्यक्ष लोहनीले बताएका छन् ।

अध्यक्ष लोहनीले कि राप्रपाले आन्दोलन छोडेर सरकार र संवैधानिक पद लिनुपर्ने नभए ती पदमा जान नहुने बताए ।

कोशी प्रदेश सभाको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीले अमरबहादुर बिष्टलाई अगाडि सारेको थियो । बिष्ट सर्वसम्मत रूपमा सभामुख निर्वाचित भएपछि अध्यक्ष लोहनीको विज्ञप्ति सार्वजनिक भएको हो ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार ००:००  ७ : ५६ बजे