१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

बिर्तामोडकी इशा नेपाल आइडलको टप १६ मा



बिर्तामोड-गायन प्रतिभाका लागि एउटा अभूतपूर्व प्लेटफर्म नेपाल आइडलको सिजन फाइभकाे टप १६ मा झापाली गायिका इशा सुवेदी प्रवेश गरेकी छन् ।

पूर्वी नेपालबाट गायन प्रतिस्पर्धामा उनी मात्रै आउट हुनबाट जोगिँदै आएकी छन् । उनका अरु धेरै सहकर्मी आउट भइसकेका छन् ।

एपीवान टेलिभिजनमार्फत प्रसारण भइरहेको नेपाल आइडलको प्रतिस्पर्धाका लागि देशभरबाट झन्डै २०० प्रतिस्पर्धी छानिएका थिए ।

झापाको बिर्तामोडमा भएको अडिसनबाट छानिएकी सुवेदी विभिन्न राउन्ड पार गर्दै टप १६ मा स्थान बनाउन सफल भएको दाजु विराज सुवेदीले बताए ।

२१ वर्षीया इशा बिर्तामोडको बाल्मिकी एजुकेसन फाउन्डेसनमा स्नातक तहमा अध्ययनरत छिन् । सानैदेखि गीत गायनको क्षेत्रमा सक्रिय रहँदै आएकी उनलाई अगाडि बढ्न थप हौसला र उर्जा मिलेको दाजु विराजले बताए ।

पूर्वी नेपाल अझ भनौँ कोशी प्रदेशबाट एक्लो प्रतिस्पर्धीका रूपमा इशा रहेको जनाइएको छ । गायन प्रतिभाकी धनी उनी आफ्नो क्षेत्रमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुँदै आफूलाई तिखार्दै आएकी थिइन् ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार ००:००  ९ : २५ बजे