७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

छुटेका बालबालिकालाई खोप



बिर्तामोड– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आइतवार खोप लगाउँदै छ ।

बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले नियमित खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाउन थालिएको जानकारी दिए ।

यसअघि वैशाख १५ गते पनि नियमित खोप छुटेकालाई खोप लगाइएको थियो । सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई १३ प्रकारका खोप दिँदै आएको छ ।

नेपालमा ८० प्रतिशत बालबालिकाले मात्र पूर्णरुपमा खोपको मात्रा पाएका छन् । २० प्रतिशत बालबालिकाले सबै खोप नलगाएको जनाइएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार ००:००  १ : ०६ बजे