५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

असोज ११ मा राष्ट्रिय उद्योग तथा व्यवसायी महासंघको अधिवेशन



बिर्तामोड– नेकपा एमाले निकट उद्योगी तथा व्यवसायीहरुको साझा संगठन नेपाल राष्ट्रिय उद्योग तथा व्यवसायी महासंघ झापाको प्रथम जिल्ला अधिवेशन असोज ११ गते हुने भएको छ ।

महासंघका केन्द्रीय अध्यक्ष एलपी सावाँ लिम्बूको प्रमुख आतिथ्यमा कोशी प्रदेश कमिटीका अध्यक्ष गणेशबहादुर बस्नेतको उपस्थितिमा दमकमा सम्पन्न बैठकले सो निर्णय गरेको हो ।

महासंघ झापाका अध्यक्ष प्रल्हादमणि ओलीको अध्यक्षतामा भएको बैठकले प्रत्येक पालिकाबाट प्रतिनिधिहरु छनोट गरी पठाउन मातहत कमिटीलाई सर्कुलर गर्ने निर्णय गरेको छ ।

अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गर्ने निर्णय गरेको जिल्ला उपाध्यक्ष पर्वत कार्कीले जनाएका छन् । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार ००:००  ७ : ५१ बजे