बिर्तामोड-झापा गोल्डकपको मिति नजिकिएपछि बिर्तामोडस्थित डोमालाल राजबंशी रङ्गशालाको मर्मत कार्य सुरु गरिएको छ । खेल मैदानलाई पूर्णरूपमा व्यवस्थित बनाउन सुरु गरिएको हो ।
गोल्डकपका अध्यक्ष बिनोद बस्नेतले खेलमैदानको स्तरोन्नति र मर्मत कार्य सुरु गरिएको जानकारी दिए । डाेमालाल राजवंशी रङ्गशाला देशकै उत्कृष्ट रङ्गशाला मानिन्छ ।
गोल्डकपका महासचिव गजेन्द्रबहादुर पौडेलले प्राकृतिक घाँसे मैदानलाई मिलाएर बुट्टाधार बनाउने गरी रङ्गशालाको मर्मत कार्य सुरु गरिएको बताए ।
रङ्गशालामा करिब १० हजार दर्शक बस्न सक्नेगरी बाँसको प्याराफिट निर्माण गर्ने कार्य सुरु गरिन लागेको छ । फागुन १९ देखि झापा गोल्डकप हुन लागेको हो ।