२८ जेष्ठ २०८०, आइतबार | Sun Jun 11 2023

नगरस्तरीय परीक्षामा प्रथम हुने विद्यालयलाई दुई लाख पुरस्कार



खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले नगरस्तरीय वार्षिक परीक्षामा प्रथम हुने विद्यालयलाई दुई लाख पुरस्कार प्रदान गर्ने भएको छ । चैत ९–१६ गतेसम्म परीक्षा सञ्चालन भएको थियो ।

वार्षिक परीक्षामा पहिलो, दोस्रो, तेस्रो हुने विद्यालय र कक्षा प्रथम हुने विद्यार्थीलाई नगरपालिकाले नगद पुरस्कार प्रदान गर्न लागेको हो ।

कक्षा ६–९ सम्मको विद्यार्थीको नतिजाका आधारमा सरस्वती मावि अर्खौले प्रथम भएको छ । उसले दुई लाख पुरस्कार पाउने नगरपालिकाले जनाएको छ ।

कालिका मावि बाहुनीडाँडा दोस्रो र बुलापन्थे मावि धितुङ तेस्रो भएका छन् । दोस्रो र तेस्रो हुनेलाई ५० हजार र २० हजार नगद पुरस्कार प्रदान गरिने नगरपालिकाका शिक्षा शाखा संयोजक पदमबहादुर कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार ००:००  ४ : २९ बजे