८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

कोसीको बजेट ५० करोडले बढ्ने गरी प्रतिस्थापन विधेयक पेश



विराटनगर–कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले चालु आर्थिक वर्ष २०८०–८१ का लागि बजेटको आकार बनाउने गरी अध्यादेश प्रतिस्थापन विधेयक संसदमा पेश गरेका छन् ।

अध्यादेशमा रहेको भन्दा ५० करोड आकार वृद्धि गर्दै कार्कीले शनिबार प्रतिस्थापन विधेयक पेश गरेका हुन् । यसले बजेटको आकार बढ्ने देखिएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीमा समेत रहेका मुख्यमन्त्री कार्कीले प्रतिस्थापन विधेयकमार्फत चालू आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट पेश गरेका हुन् ।

यसअघि तत्कालिन मुख्यमन्त्री हिक्मतकुमार कार्की अध्यादेशमार्फत ३६ अर्ब २४ करोड ३५ लाख १० हजार बराबरको बजेट ल्याएका थिए ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार ००:००  १० : ०२ बजे