७ आश्विन २०८०, आइतबार | Mon Sep 25 2023

पहिरोमा बगेका व्यक्ति १४ घण्टापछि जीवितै भेटिए



झापा-मकवानपुरको बागमती गाउँपालिका सिक्रेनीमा पहिरोमा पुरिएर वेपत्ता भएकामध्ये एकजना जीवित भेटिएका छन् ।

जीवित भेटिनेमा सिन्धुली हरिहरपुर गाउँपालिका–१ ककरेका १९ वर्षका पासाङ घिसिङ रहेका हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइवाले जानकारी दिए ।

वाइवाका अनुसार पहिरोले घर बगाउँदा वेपत्ता घिसिङलाई पहिरोले बगाएको घरभन्दा निक्कै तल खोलामा १४ घन्टापछि घाइते अवस्थामा फेला पारिएको हो ।

‘खोलामा एक ठाउँ उकास भएको जमिन रहेछ, उनी त्यही उकास भएको जमिनमा फेला परेका हुन्’ वाइवाले भने ।

उनी पाहुना लागेको मकवानपुरको बागमती गाउँपालिका५ सिक्रे दोभानका ६० वर्षीय अक्कलबहादुर स्याङ्तानको घर पहिरोले बगाएको थियो । जसमा ५ जना अझै बेपत्ता छन् ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार ००:००  ८ : १८ बजे