झापा-भारतबाट अवैध रूपमा भित्र्याइएको सामान्य नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय झापाले तदारुकता देखाएको छ । भन्सार छलीका सामान नियन्त्रणमा प्रहरी सक्रिय देखिएको हो ।
सीमा नाकाबाट भइरहेको अवैध आयात निर्यात रोक्न झापा प्रहरीले सक्रियता देखाएको छ । प्रहरी सक्रियताका कारण फागुन महिनामा ३७ लाख ५१ हजार मूल्य बराबरको सामान बरामद भएको छ ।
नौ वटा सवारी साधनसहित अवैध रूपमा भित्रिएका कस्मेटिक आइटम, किराना सामग्री, लत्ता कपडा, सवारीका पार्ट्स र सुर्तीजन्य पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।